पोखरामा सम्पन्न चेस प्रतियोगितामा अमरसिंह र ग्लोबल स्कुल च्याम्पियन
पाेखरा | माघ २७, २०८०
पोखरा: अमरसिंह मावि र ग्लोबल कलेजियट बोर्डिङ स्कुल पोखरा महानगरपालिका विद्यालयस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको अन्तिम चरणमा सर्वाधिक अंकसहित छात्रतर्फ अमरसिंह र छात्रातर्फ ग्लोबल विजेता बनेका हुन् । छात्रतर्फको विजेता अमरसिंहले ११ र छात्रातर्फको विजेता ग्लोबलले १२ अंक पाएको निर्णायक संयोजक रामबहादुर क्षेत्रीले जानकारी दिए । अमरसिंह र ग्लोबलले ट्रफी, मेडल र प्रमाणपत्रसहित ७ हजार रूपैयाँ पुरस्कार पाएका छन् ।
छात्रतर्फ हिमालयन बोर्डिङ स्कुल ‘ए’ १० अंकसहित द्वितीय, श्री विन्ध्यावासिनी मावि ‘ए’ तृतीय, कुमुदिनी होम्स चौंथो र रेन्बो एकेडेमी पाँचौ भए । विन्ध्यावासिनी, कुमुदिनी र रेन्बोले समान ८÷८ अंक पाए । ६ राउण्ड खेल्दा यी विद्यालयका विद्यार्थीले जितेका खेल, समयसहित कम्प्युटरले हिसाब गर्दा बुचर टेबल पोइन्टको आधारमा विजयी स्थान घोषणा गरिएको हो ।
छात्रातर्फ बालविद्या मन्दिर १०.५ अंकसहित द्वितीय, त्रिवेणी पब्लिक स्कुल ९ अंकसहित तृतीय, ताराकुञ्ज मावि ९ अंकसहित चौंथो र प्रतिभा मावि ‘ए’ ८ अंकसहित पाँचौ भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । छात्र र छात्रातर्फ द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार र ३ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । चौंथो र पाँचौं हुनेले क्रमशः २ हजार र १ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
छात्रतर्फ कालिका मावि छैटौं, ग्लोबल कलेजियट सातौं, केफ सेकेण्डरी स्कुल आठौं, मदरल्याण्ड मावि नवौं र अमरसिंह मावि दसौं भए । छात्रातर्फ अमरसिंह मावि ‘ए’ छैटौं, हार्बड एकेडेमी सातौं, अञ्जुली आवसीय मावि आठौं, छोरेपाटन मावि नवौं र हिमालयन बोर्डिङ स्कुल दसौं भएको आयोजकले जनाएको छ । छैंटौदेखि दसौं हुने विद्यालयका विद्यार्थीले मेडल र प्रमाणपत्र पाए ।
पुरस्कार वितरणपछि बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले चेसमा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले सकारात्मक सन्देश दिएको सुनाए । विद्यालय तहबाटै चेस खेल्नेतर्फ रूचि हुनु, बढाउन सकेमा यसले मानसिक स्वास्थ्य र सोच्ने शैलीमा विकास हुने उनले बताए । बुद्धिचाल महासंघका केन्द्रीय अध्यक्ष हिराकाजी महर्जनले चेस बौद्धिक खेल भएकाले यसले विद्यार्थीको पढाइमा योगदान गर्न भूमिका खेल्ने बताए । उनले देशभरका ५५ जिल्लामध्ये कास्की बुद्धिचालमा सक्रिय रहेकाले यसलाई निरन्तरता दिइरहन आग्रह गरे ।
पोखरा महानगरपालिका बुद्धिचाल संघका अध्यक्ष चन्द्रबहादुर गुरूङले विद्यालय तहमै चेसको विकास गर्न यो प्रतियोगिता गरेको बताए । उनले विद्यार्थीको संख्या प्रशंसालायक देखिएको र यसलाई आगामी वर्ष पनि निरन्तरता दिने बताए । पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा शुक्रबार र शनिबार चलेको प्रतियोगितामा ६० विद्यालयका २ सय ५० जनाभन्दा बढी छात्र÷छात्रा सहभागी थिए ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

